फेरि एकपटक यस्तो पहिरनका कारण ट्रोलको शिकार भइन् प्रियंका (फोटो सहित)



२२ जेठ २०७६, काठमाडौँ

प्रियंका चोपडा पनि बेला बेलामा ट्रोलको शिकार भैरहने नायिकामा पर्छिन् । प्रायजसो प्रियंका आफ्नो कपडाको कारण ट्रोल हुने गरेकी छिन् । कान्समा पनि उनले लगाएको पहिरनलाई लिएर धेरैले मजाक उडाएका थिए । अहिले फेरि कपडाकै कारण प्रियंका ट्रो बनिरहेकी छिन् ।

प्रियंकाले एक इभेन्टमा लगाएको कपडाले अहिले सर्वाधिक चर्चा पाइरहेको छ । प्रियंका आफ्ना पति निकसँग उक्त कार्यक्रममा पुगेकी थिइन् । उनले कालो रङको वान पिस लगाएकी थिइन् । तर उनको वान पिसको डिजाइन निकै भिन्न खालको थियो ।

लामो वान पिसले पनि प्रियंकाको सबै अङ्ग छोप्न सकेन । उनको पछाडीको आधा भाग देखिएपछि अहिले उनको ट्रोल बनिरहेको छ । यसबारे प्रियंकाले कुनै प्रतिक्रिया भने दिएकी छैनन् ।

प्रतिक्रिया दिनुहोस्