‘म भारतको प्रधानमन्त्री र निक अमेरिकाको राष्ट्रपति भएको हेर्न चाहन्छु’ : प्रियंका चोपडा



२२ जेठ २०७६, काठमाडौँ

प्रियंका चोपडा विवाहपछि अहिले अमेरिकामा आफ्ना श्रीमानसँग बस्दै आएकी छिन् । उनी चर्चित नायिका मात्र समाजसेवी पनि हुन् । उनी विभिन्न सामाजिक कार्यमा संलग्न भैरहेकी हुन्छिन् । उनी सन् २००० की मिस वल्र्ड पनि हुन् ।

प्रियंकाले हालै भएको एक अन्तवार्तामा आफूलाई राजनीति क्षेत्रमा पनि निकै रुचि भएको बताएकी छिन् । उनले आफूलाई भारतको प्रधानमन्त्री बन्ने रहर भएको बताएकी छिन् । प्रियंकाले आफूलाई अवसर मिले भारतको प्रधानमन्त्री बन्ने बताएकी छिन् । त्यस्तै प्रियंकाले निकलाई पनि यो क्षेत्रमा रुचि भएकाले निक अमेरिकाको राष्ट्रपति भएको हेर्ने इच्छा भएको पनि बताएकी छिन् । अब प्रियंकाको इच्छा कत्तिको पुरा हुने हो त्यो भने हेर्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्