गौतमबुद्ध विमानस्थलको म्याद थप्न लबिङ



२२ जेठ २०७६, काठमाडौं

काठमाडौं । खेलकुद मैदान निर्माणमा अनियमितता गरेरको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरसहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

कास्कीको मादी गाउँपालिका–६ स्थित शद्धि प्राविमा खेलकुद मैदान निर्माणमा एक लाख ८६ हजार दुई सय ७४ रुपैयाँ अनियमिता भएको भन्दै अख्तियारले उनीहरुविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

आयोगले तत्कालीन जिल्ला समन्वय सििमति, कास्कीमा कार्यरत भई हाल रुपा गाउँपालिकामा कार्यरत चिप्ली खेलकुद मैदान निर्माण कार्यको साइट इन्चार्ज सब–इन्जिनियर ननु राम, तत्कालीन जिल्ला समन्वय समितिमा कार्यरत भई हाल पोखरा लोखनाथ महानगरपालिकामा कार्यरत इन्जिनियर हरिबहादुर बस्नेत, जिल्ला प्राविधिक कार्यालयका प्रमुख जिल्ला इन्जिनियर नारायणप्रसाद बरालविरुद्ध मुद्दा दायर गरेको छ ।
यो समाचार आजको नयाँ पत्रिकामा छ ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न हुनु पर्ने मिति असार १३ गते (जुन २८) हो । तर, अहिलेसम्म ८० प्रतिशत काम सकिएको छ ।

विमानस्थलको मुख्य भागका रुपमा रहेको ३ किलोमिटरको धावनमागए निर्माण सम्पन्न भएको छ ।

एप्रोन निर्माण सम्पन्न भइसकेको छ भने ‘ट्याक्सी वे’ पनि निर्माण सकिने क्रममा छ । तोकिएको समयमा पूरै काम नसकिउ पनि मुख्य कामहरु असार १३ गतेसम्म सकिने आयोजना प्रमुख प्रवेश अधिकारीले बताए ।

‘धेरै प्रगति भएको छ, तोकिएको समय जुन २८ सम्म सबै काम नसकिए पनि मुख्य कामहरु सकिनेछन्, ’ उनले भने । यो समाचार आजको कारोबार दैनिकमा मनोरञ्जन शर्माले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्