आइतबार रातिको हावाहुरीले बांगियो साढे चार करोडमा निर्माणाधीन झोलुंगेपुल



२१ जेठ २०७६, काठमाडौं

आइतबार राति आएको भीषण हावाहुरीले बबई नदीको कुसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुलमा क्षति पुगेको छ । बर्दियाको मधुवन र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदी कसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुल हावाहुरीले बांगिएको छ ।

नटबोल्ट लट्ठामा कस्न नपाउँदै पुलको भाग माथि उठेको छ ।
पुलमा बिछ्याइएको प्लेट लट्ठामा कस्दै गर्दा हावाहुरी आएपछि क्षति पुगेको प्राविधिकले बताएका छन् । पुललाई सीधा बनाउन थप एक साता समय लाग्ने प्राविधिक पुष्प दाहालले बताए । थानी निर्माण सेवा काठमाडौँले पुल निर्माणको काम गरिरहेको छ ।

निमार्णाधीन झोलुंगेपुल चार करोड ४१ लख लागतमा बन्दै छ । सोही ठाउँमा बनाइएको झोलुंगेपुल हस्तान्तरण नहुँदै ०७१ सालमा बबई नदीमा आएको बाढीले बगाएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा यज्ञप्रसाद सापकोटाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्