
२० जेष्ठ २०७६, काठमाडौं
सेलिब्रेटीहरुका हरेक गतिविधि चासोका साथ हेरिन्छ । उनीहरुको खानपान रहन सहन देखि पहिरन सम्म चर्चाको विषय बन्छ । सेलिब्रेटीहरुका बोलीचाली, अलि फरक पहिरन र फरक व्यबहार देखिन बित्तिकै सामाजिक सञ्जालमा ट्रोल बन्ने गर्दछ ।
रजेश हमाल
रजतपटका ‘महानायक’ रजेश हमालको ट्रोलमा निकै चर्चा हुने गर्दछ । ट्रोलमा उनलाई एकदम शक्तिशाली पात्रको रुपमा चित्रण गरिन्छ । उनले चाउमिन खाने काँटा, त्रिशुल देखि राजेश दाईले कोल्टे फेर्दा भुँइचालो गयो सम्मका ट्रोलहरु बनिरहेका हुन्छन् ।

प्रियंका कार्की
त्यस्तै, आफ्नो अभिव्यक्ति, पहिरन र गतिविधिका कारण ट्रोलको शिकार बन्ने नायिका हुन् प्रियंका कार्की । हालसालै ७२ औँ कान्स फिल्म फेस्टिवलमा फ्रान्स पुगेकी प्रियंकाले माइकल ज्याक्सनको फेमिलीले आयोजना गरेको पिस नाईटमा लगाएको पहिरन र नायिका नम्रता श्रेष्ठले प्रसाद फिल्मको प्रिमियरमा लगाएको पहिरन ठ्याक्क मिले पछि ट्रोलको शिकार बेनकी थिइन् । कान्समा बलिउड नायिका प्रियंका चोपडाको पहिरन र पोज पनि उस्तै–उस्तै बने पछि कार्की ट्रोलको शिकार बनिरहेकी छिन् ।

साम्राज्ञी राज्य लक्ष्मी शाह
कुनै न कुनै कारणले चर्चामा आइरहने नायिका हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । उनि कहिले फेसनेवल पहिरन त कहिले प्रेम सम्बन्धका कारण चर्चामा आई रहन्छिन । सम्राज्ञीले वक्षस्थलमा ट्याटु खोपाएको कारणले ट्रोलको शिकार भएकी थिइन् । उक्त ट्रोलले सामाजिक संजालमा राम्रै स्थान पाएको थियो ।
प्रदीप खड्का
फिल्म ‘लिलि बिल्ली’ को गीत रिलिज पछि नायक प्रदीप खड्का पनि ट्रोलको शिकार बनेका थिए । गीतमा नायक प्रदीप र नायिका जसितालाई स्कटल्यान्डमा आकर्षक तरिकाले खिचिएको थियो तर, गीतमा नायक खड्काले लगाएको पहिरन भने ट्रोल बन्न पुगेको थियो । ‘लिलि बिल्ली’ मा उनले लगाएको कोटको कलर ‘प्रेम गीत’ र ‘प्रेम गीत २’ सँग मिल्न गएपछि उनी सामाजिक सञ्जालमा मजाकको पात्र बनेका थिए ।

वर्षा सिवाकोटी
फिल्म ‘बीर विक्रम २’ की नायिका वर्षा सिवाकोटी फिल्मको प्रमोशनको लागि व्यस्त थिइन् । फिल्म प्रचारको क्रममा बर्षाले लगाएको एउटा पहिरन यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । जिन्सको ज्याकेटको बटम तलमाथि गरेर लगाउँदा बर्षा ट्रोलको सिकार भएकी थिइन् ।

सलिनमान बनिया
रजतपटमा ‘स्टाइलिस्ट स्टार’का रुपमा चिनिने नायक सलिनमान बनिया पनि हेयर स्टाइलका कारण ट्रोलको शिकार बनिरहन्छन् । कपालकै विषयलाई लिएर उनलाई पछिल्लो समय ‘दुम्सी’ उपनाम पनि दिने गरिएको छ । सलिन आफुलाई दुम्सी भन्दा पनि खुसि लाग्ने बताउँछन् ।
वर्षा राउत
त्यस्तै, नायिका वर्षा राउत पनि पहिरनका कारण ट्रोलको शिकार बनिरहेकी छिन् । हाल उनी फिल्म ‘जात्रै जात्रा’को प्रमोशनको लागि अष्ट्रेलिया पुगेकी छिन् । अष्ट्रेलियामा दर्शकसँग साक्षातकार गर्न पुगेकी वर्षा ड्रेसको कारण ट्रोलको शिकार भएकी छिन् । उनले सेतो कपडामा कालो थोप्ला भएको वान पिस लगाएकी छिन् । उक्त पहिरनमा उनको बक्षस्थलको आधा भन्दा बढी भाग स्पष्ट देखिएको छ । हाल उक्त पहिरनलाई लिएर थुप्रै खालका ट्रोल बनेका छन् ।






