‘मारुनी’ मा साम्राज्ञी र पुष्पलको रोमान्टिक अवतार



२० जेष्ठ २०७६, काठमाडौं

नेपाली सिनेजगतकी हटकेक अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह करिब एक बर्ष लामो ग्याप पछि ‘मारुनी’ चलचित्र मार्फत कमब्याक गर्दैछिन् । भदौ १३ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मारुनी’को फस्टलुक सार्वजनिक गरिएको छ । फिल्मको फस्टलुकमा साम्राज्ञी र पुष्पल खड्का देखिएका छन् ।

फिल्ममा साम्राज्ञी र पुष्पलको अलवा, रेविका गुरुङ, सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइको साथमा बाल–कलाकारको रुपमा सायरा आचार्य, आभाष सिंह, सौर्य अधिकारीको अभिनय रहेको छ ।

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा पूनम गौतमले निर्माण गरेको यो फिल्म नवल नेपालले निर्देशन गरेका हुन् । राजा प्रधान, दर्शना केसी, मिना क्षेत्री फिल्मको सहनिर्मातामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्