बूनपा ८ मा उद्घोषण तालिम शुरु



२० जेठ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका प्राविधिक शिक्षा, सीप विकास तथा तालिम ब्यवस्थापन समितीको आयोजनामा बूनपा ८ को वडा कार्यालयमा १० दिने उद्घोषण कला तालिम शुरु भएको छ ।

बूनपा ८ मा वासोवास गर्ने इच्छुक वडावासीले सहभागिता जनाउन सक्ने उक्त तालिमको उद्घाटन बूढानीलकण्ठ नगर कार्यपालिका सदस्य दुर्गा थापाले गरेकी थिइन् ।

बेलुका ४ देखी ६ बजे सम्म संचालन हुने तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता समितीकी संयोजक सुमित्रा पान्डेले गरेकी थिइन ।

हाल सम्म बूढानीलकण्ठ नगरपालिका वडा नं. ९, १० र ११ मा सम्पन्न भईसकेको उद्घोषण तालिम नगरपालिकाले १३ वटै वडामा संचालनमा ल्याउने आयोजकले जनाएको छ । तालिममा सहभागी हुन ईच्छुकहरुले सम्बन्धित वडा कार्यालयमा सम्पर्क गरी सहभागी हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्