त्रिभुवन विश्वविद्यालयद्वारा धर्म प्रचारक युनिभर्सिटीसित फेरि सम्झौता



२० जेठ २०७६, काठमाडौं

त्रिभुवन विश्वविद्यालयले दक्षिण कोरियाको काङनाम विश्वविद्यालयसित फेरि सम्झौता गरेको छ । त्रिविले उक्त विश्वविद्यालय धर्म प्रचारमा जोडिएको पाएपछि यसअघिको सम्झौता तोडेको थियो ।

उक्त विश्वविद्यालयले गत बुधबार काठमाडौंमा एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको थियो । यसलगत्तै त्रिवि उपकुलपति तीर्थराज खनियाँले उक्त विश्वविद्यालयसित समझदारीपत्रमा (एमओयू) मा हस्ताक्षर गरेका हुन् ।

‘त्रिवि उपकुलपतिले काङनाम विश्वविद्यालयसित शैक्षिक कार्यक्रम सञ्चालन समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ,’ त्रिवि अन्तर्रा्ष्ट्रिय सम्बन्ध केन्द्रका कार्यकारी निर्देशक भूपप्रसाद धमलाले भने, ‘पाँच वर्षका लागि शैक्षिक कार्यक्रममा समझदारी भएको हो । जसमा अध्ययन, अनुसन्धानजस्ता बुँदागत कार्यक्रम छन् ।’

प्रतिक्रिया दिनुहोस्