सीमारेखाले छेकेन आत्मीयता



२० जेठ २०७६, काठमाडौं

बस्तीको बीचमा फराकिलो बाटो । नजिकै नेपाल–भारत सीमा छुट्ट्याउने ११२ नम्बरको जंगे पिलर । बाटो पश्चिमतिर भारतीय बस्ती र पूर्वतर्फ नेपाली बस्ती। नेपालतिर अलिक व्यवस्थित बस्ती छन् भने भारततिर फुसले बारेका झुप्रा ।

दुई बस्तीका मानिसको भौगोलिक सिमाना र नागरिकता फरक। तर, दुई क्षेत्रका बासिन्दाबीच मनपेट एउटै । झापाको कचनकवल गाउँपालिका–५ स्थित पाठामारी वारि र पारिका बासिन्दाको आत्मीयलाई भौगोलिक सिमानाले छेकेको छैन । साह्रोगाह्रो र मर्दापर्दा एकअर्कालाई साथ दिन उनीहरू अघि सर्छन् ।

पारिपट्टिकी एक महिलाले मुठीभरि जिरा पैंचो लिएर गइन् । ‘मेरो भारतीय छिमेकी दिदी हो,’ स्थानीय साबिरा आलमले भनिन्, ‘यहाँ यस्तै सरसापटी र ऐंचोपैंचो चल्छ ।,’ उनका अनुसार दुई छिमेकीबीच भारतीय र नेपाली भन्ने छैन। परेका बखत सबैले सरसहयोग गर्छन् ।

भारततिर आधारभूत सुविधा शून्य छ । नेपालतिर आधारभूत सुविधा राम्रो पाएका नेपालीको बसोबास छ । ‘मेरो चार पुस्ताले यही ठाउँमा जीवन बिताए,’ श्री आधारभूत विद्यालयका शिक्षक मोहम्मद केसमुदिन हक भन्छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राधा खनालले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्