काठमाडौंमा युवा बैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै



१७ जेठ २०७६, काठमाडौं

राष्ट्रिय युवा परिषद् र नाष्टको संयुक्त आयोजनामा विश्वभरका नेपाली युवा बैज्ञानिकहरुको अन्तर्राष्ट्रिय युवा बैज्ञानिक सम्मेलन काठमाडौंमा हुने भएको छ ।

आगामी कात्तिक ४, ५ र ६ गते काठमाडौंमा आयोजना गरिने युवा वैज्ञानिक सम्मेलनको लागि नाष्टसँग समझदारी पत्रमा हस्ताक्षर भईसकेको राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले बताएका छन् ।

सम्मेलन तयारीको लागि निर्देशक समिति, तयारी समिति र सचिवालय समेतको स्वरुप तयार भईसकेको उपाध्यक्ष ढुङ्गेलले बताएका छन् । गत वर्षदेखि भईरहेका प्रदेश स्तरीय र राष्ट्रिय बैज्ञानिकहरुको सम्मेलनको निरन्तरताको रुपमा आगामी अन्तर्राष्ट्रिय सम्मेलनलाई विज्ञान, प्रविधि र अन्वेषणमा केन्द्रित गरिने युवा परिषद्को बताएको छ ।

प्रतिक्रिया दिनुहोस्