
१६ जेठ २०७६, काठमाडौँ
यतिबेला इजरायलकी तीन वर्षकी एक बालिका सामाजिक सञ्जालहरुमा निकै चर्चामा छिन् । उनी चर्चामा हुनेको खास कारण उनको ‘क्युटनेश’ हो । उनी निकै राम्री छिन् ।

उनको तस्वीर देखेपछि एकै छिन भए पनि नहेरी कसैको मन मान्दैन ।

उनी इजरायलकी एनाहिता हासेमजादे हुन् । तीन वर्षकी यी सानी नानी यतिवेला मोडलिङका कारण पनि चर्चामा छिन् ।

सन् २०१८ मा सामाजिक सञ्जाल इन्स्टाग्राममा एकाउन्ट खोलेकी उनले एक वर्षको बीचमा ५३ हजार भन्दा धेरै फलोअर्स पाएकी छिन् ।

उनको इन्स्टाग्राममा तस्वीरहरू उनका बुवाले पोस्ट गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् । उनको आफ्नै वेवसाइट पनि छ ।







