के तपाई अनुहारको चाउरीपनले गर्दा हैरान हुनुहुन्छ ? चाउरी पर्न नदिन अप्नाउनुहोस् यी उपाय



१६ जेठ २०७६, काठमाडौँ

चुरोट खाने आदत भएका मानिसहरु उनीहरुको उमेरअघि नै च्याउरी पर्ने गर्दछन । निधारमा धर्सा बस्नेदेखि निकोटिनका कारण काला दाग समेत बस्ने गर्छ । निकोटिनले छालालाई कसिलो बनाउने कोषलाई टुटाइदिन्छ । अनुहारलाई चाउरीपनबाट जोगाउने महत्वपूर्ण टिप्सः

१) पाकेको केरालाई पेस्ट बनाएर अनुहारमा दल्नुहोस र आधा घन्टापछि मन तातो पानीले अनुहार धुदा अनुहारमा निखार आउनुका साथै चाउरी पर्नबाट जोगाउँछ ।

२) दुई चम्चा मह र चार चम्चा पाउडर दुधलाई मनतातो पानीमा मिसाउने र यो पेस्टलाई अनुहारमा दल्ने । दश मिनेटपछि अनुहार धुँदा अनुहारको छालामा निखारता आउनुका साथै छाला कसिलो हुन्छ ।

३) घ्युकुमारीको रस निकालेर नियमित अनुहारमा दल्नुहोस् । यसमा हुने विशेष प्रकारको एसिडले अनुहारको छालाको कोषलाई बलियो बनाउँछ र समयमै च्याउरी पर्नबाट बचाउँछ ।

४) एक टुक्रा अदुवालाई मसिनो गरी पिस्नुहोस र त्यसमा एक चम्चा मह मिसाएर बिहान र बेलुका खानुहोस् । यसले अनुहारको छाला कसिलो बनाउने कोलेजेसनलाई टुट्नबाट बचाउँछ साथै अनुहारमा धर्सा आउन र छाला झोल्लिनबाट जोगाउँछ ।

५) साँझ एक मुठी आलमोन्ड काँचो दुधमा भिजाउनुहोस् । बिहान उठेपठिे बोक्रा फालेर आल्मोन्ड पिस्नुहोस र पेस्टलाई अनुहारमा दल्नुहोस । आधाघन्टापछि अनुहार मन तातो पानीले सफा गर्नुहोस् । तपाईको छाला जवान व्यक्तिको जस्तै देखिन्छ ।

६) जैतुनको तेलले अनुहार सफा गर्नुहोस् । यो तेलमा भिटामिन ए र ई हुन्छ जसले छालालाई कसिलो बनाउँछ ।

७) पाकेको मेवालाई पिसेर त्यसमा दुई चम्चा मह मिसाएर अनुहारमा दल्नुहोस् । १० मिनेटपछि मन तातो पानीले अनुहार सफा गर्नुहोस् । नियमित रुपमा यो अभ्यास गर्दा अनुहारको छाला कसिलो हुन्छ ।

८) कागतीमा साइट्रिक एसिड हुन्छ । कागतीको रसलाई दही वा महमा मिलाएर अनुहारमा लगाउनुहोस् । यसले अनुहारमो छालामा सुक्न लागेको कोषलाई बलियो बनाउनुको साथै कोष बृद्धि गर्छ ।

९) लामो समयसम्म सिरानीमा अनुहार पारेर नसुत्नुहोस्। बरु सुत्दा उत्तानो पर्नुहोस, ताकी अनुहारको कोषमा केही असर नपुगोस् ।

प्रतिक्रिया दिनुहोस्