यस्ती देखिईन बेहुली हुँदा ‘चपली हाइट’ नायिका बिनिता (फोटो सहित )



१५ जेठ २०७६, काठमाडौं

चपली हाइट फिल्मबाट रजतपटमा डेब्यु गरेर निकै चर्चा समेत कमाएकी नायिका बिनिता बरालले लगनगाठों कसेकी छिन् ।

तिलक पौडेल संग लामो समयदेखि प्रेम सम्बन्धमा रहेकी उनले अमेरिकामा नै विवाह गरेकी हुन् । विनिताले सामाजिक संजालमा तस्वीर शेयर गर्दै बिहे गरेको जानकारी दिएकी छिन् । उनले पश्चिम भर्जिनियामा रहेको ‘बृन्दावन मन्दिरमा’ बिहे गरेको उल्लेख गरेकी छिन् ।

फिल्मी क्षेत्रमा त्यति सफल हुन नसकेपछि बिनिता कृषक बनेकी थिइन् । उनी ‘बिनी दि ओर्गानिक फार्मिङ’ की संस्थापकसमेत हुन् ।     

प्रतिक्रिया दिनुहोस्