हेलिकप्टरद्वारा गर्भवती महिलाको उद्दार



१५ जेष्ठ २०७६, काठमाडौं

सोलुखुम्बुकी एक गर्भवती महिलाको उद्दार गरी काठमाडौं ल्याईएको छ ।

सोलुखुम्ब महाकुलुङस्थित देविकला राईलाई उद्दार गरी हेलिकप्टरबाट आज काठमाडौं ल्याईएको हो ।

गाउँपालिका–३ छेस्कामकी २२ वर्षीया देविकला राईको जिल्लामा उपचार सम्भव नदेखिएपछि काठमाडौं ल्याईएको हो ।

राईलाई प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार राणाको पहलमा राजधानी ल्याई पाटन अस्पतालमा राखिएको छ ।

राईलाई डा. मिङ्मार शेर्पाले रिफर गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्