
१५ जेठ २०७६, काठमाडौं
‘नाई नभन्नु ल २’ बाट रजतपटमा डेब्यु गरेकी नायिका वर्षा शिवाकोटी यतिबेला ‘बीर बीक्रम २’ को सफलता सँगै निकै लोकप्रियता हासिल गरेकी छिन । उनी आफ्नो असन्तुष्टि र अभिव्यक्त गर्न मन लागेको कुरा खुलेरै सामाजिक सञ्जालमा व्यक्त गर्छिन् । उनी बारे आइरहेका गसिपबारे होस् या फिल्मकर्मीको सम्बन्धका बारेमा होस् आफ्नो कुरा समाजिक सञ्जालमा नै निर्धक्क राख्छिन् ।
हालै उनले रहर भन्ने क्याप्सन सहित एक फोटो अपलोड गरेकी छिन् । फोटोमा वर्षा साडीमा सजिएकी छिन् । उनले पोते र सिउँदोमा सिन्दुर क्ल्ग लगाएकी छिन् । सिन्दुर र पोते विहे पछि हिन्दु नारीहरुले लगाउने गर्दछन् । वर्षा अहिले अविवाहित छिन् ।
उनले कहिले आफु कसैको गर्लफ्रेण्ड नभएको त कहिले एक्लोपनकनको साथि पेप्सी भन्दै सामाजिक सञ्जालमा पोष्ट गर्छिन् । विहे पछिको पहिरनमा सजिएर रहर भनेर पोष्ट गरिरहदा दर्शक ले सजिलै अनुमान लागाउन सक्छन कि अब बर्षालाई विहेको रहर भएकै हो ?





