‘पोई पर्यो काले’ को छायांकन पोखराबाट सुरु



१५ जेष्ठ २०७६, काठमाडौं

कमेडी कथामा बन्न लागेको चलचित्र ‘पोइ पर्यो काले’को छायांकन पोखराबाट सुरु गरिएको छ । पोखराको विन्दवासिनी मन्दिरमा पूजा गर्दै चलचित्रको छायांकन प्रारम्भ गरिएको हो ।

यो चलचित्रमा सौगात मल्ल, पूजा शर्मा, आकाश श्रेष्ठ, राजाराम पौडेल, श्रृष्टी श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

निर्माण टिमले दिएको जानकारी अनुसार, करिब १ महिना चलचित्रको छायांकन पोखरामा हुनेछ चलचित्रलाई शिशिर राणाले निर्देशन गर्दैछन् । शिव ढकालको छायांकन रहने चलचित्रको शिर्ष भूमिकामा सौगात मल्ल छन् ।

चलचित्रले कालो पोई पर्दै पर्दैन भनेर घमण्ड गर्ने यूवतीको जीवनमा नै कालो पोई परेपछि हुने घटनाक्रमलाई उठान गर्ने निर्देशक राणाले बताए । चलचित्रलाई दिपक मनाङ्गे र देवी राइले निर्माण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्