
१५ जेष्ठ २०७६, काठमाडौं
बलिउडका सेलिब्रिटी र उनका सन्तान सधैं विभिन्न कारणले ट्रोलको शिकार हुन्छन् । अब यो सूचीमा नायक अजय देवगन र काजोलकी छोरी न्यासाको नाम पनि जोडिएको छ ।
सोसल मिडियामा प्रकाशित भिडियो अनुसार न्यासा आफ्ना हजुरबुवाको मृत्यु भएको भोलिपल्टै अर्थात् मंगलबार मुम्बईस्थित एक बिउटीपार्लरमा कपाल काट्न पुगेकी छिन् । सैलुनबाट निस्किएपछि खिचाएको फोटो र भिडियो सार्वजनिक भएपछि उनी ट्रोलको शिकार भएकी हुन् ।
यतिबेला उनलाई हजुरबुवाको निधनले परिवार सबै शोकमा डुबेको बेला पनि आफ्नो शृङार प्यारो भएको भन्दै आलोचना गर्न थालिएको छ ।





