‘फास्ट ट्र्याक डीपीआर स्वीकृत गर्नू’



१५ जेठ २०७६, काठमाडौं

राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौँ–तराई जोड्ने द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) छिटो स्वीकृत गरी स्थानीय तहसँग समन्वय गरेर काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ ।

डीपीआरबिनाको संरचन निर्माणले पछि समस्या आउन सक्ने भन्दै सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

डीपीआर स्वीकृत भएपछि निर्माण संरचनामा फेरबदल हुन सक्ने र यसबाट प्राविधिक समस्या उत्पन्न हुने समितिको ठहर छ ।

अहिले डीपीआरबिनै आयोजनाको काम अघि बढिरहेको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा ऋषिराम पौड्यालले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्