सामाखुसी खोलाको मुहानैदेखि अतिक्रमण



१५ जेठ २०७६, काठमाडौं

चाबहिलबाट बसुन्धरा जाँदा बीचमा बसुन्धरा पुल छ । जसले टोखा नगरपालिका वडा नं ५ र काठमाडौँ नगरपालिका वडा नं ३ लाई छुट्याएको छ । टोखातर्फ हेर्दा सडक छन्, तर महानगरपालिकातर्फ हेर्दा अलिक फराकिलो ढलझै संरचना देखिन्छ ।

त्यही हो सामाखुसी खोला । टोखापट्टि छोपिएकाले खोला बिलाएको हो । त्यसभन्दा मास्तिर खोलाको भाग झनै साँघुरिएको छ । महानगरपालिकातर्फ पनि बिस्तारै खोला छोप्ने क्रम बढिरहेको छ । विद्युत् प्राधिकरण महाराजगन्ज शाखा पनि खोला छेवैमा पार्किङ राखेर बसिरहेको छ ।

अहिले यो खोलाको जन्म हुन्छ न्युरो अस्पताल नजिकबाट । ‘पहिला शिवपुरीको जंगलबाट आउँथ्यो, अहिले त पूरै ढल भइसक्यो पानी नै छैन ।’ टोखा वडा नं ५ का अध्यक्ष जगन्नाथ ढकाल भन्छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा शिल्पा कर्णले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्