टाईगरको प्रेममा पागल दिशा भन्छिन्–‘म टाइगरका लागि के–के गरौ ?’



१४ जेष्ठ २०७६, काठमाडौं

बलिउड नायिका दिशा पटानी र नायक टाइगर श्राफको प्रेम चर्चा कुनै नौलो कुरा होईन । तर, टाइगर दिशालाई सधै नै आफ्नो मिल्ने साथी मात्र बताउँदै आएका छन् । दिशा भने टाइगरसँगको सम्बन्धलाई अर्को तहमा लैजान चाहन्छिन् ।

हालैमात्र एक भारतीय मिडियासँग कुरा गर्दै दिशाले भनेकी छिन्–‘टाइगर निकै नै स्लो मानिस हुन् । मैले उनलाई प्रभावित बनाउनका लागि के–के सम्म गरिनँ ? मैले जिम्नास्टिक सिकेँ, मैले चलचित्रमा आगोमाथि दौडने काम समेत गरेँ । तर, उनी अझै मबाट प्रभावित छैनन् । अब, भन्नुहोस् उनका लागि अझै म के गर्न सक्छु ?’

दिशाले अगाडि भनिन्–‘कोही एकजनाले यो मौनतालाई ब्रेक गरेर बोल्न आवश्यक छ । उनी मेरा मिल्ने साथी हुन्, तर अब म मिल्ने साथी भन्दा एक कदम माथि हुन चाहन्छु ।’ टाइगरले चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’को प्रमोशनका क्रममा दिशालाई मिल्ने साथी भन्दै उनीसँगको सम्बन्धलाई स्लो तरिकाले अगाडि बढाउन चाहेको उल्लेख गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्