
आफुलाई सुन्दर देखिन मानिसले के सम्म गर्दैनन् ? अझ महिलाहरु सुन्दर हुँन सके सम्म र थाहा पाएसम्म सबै कुरा प्रयोग गरिरहेका हुन्छन् ।

रुप देखि शारिरिक बनावटसम्म सबै कुरामा महिलाहरु बिशेष ध्यान पुर्याउँने गर्छन् । धेरै मोटो हुँदा कुरुप भइन्छ भनेर फाष्टिंग, एक्सर्साइज गरि गरि दुब्लाउने सम्मको अभ्यास गर्ने भेटिन्छन् ।
https://www.youtube.com/watch?v=0symcGnkgIk
फिगर बनाउन यी एक युवतीहरुले धेरै पसिना बगाउने गर्छिन् । भनेज्वेलाकी मोडल एलेइरा एजेन्डानोले आफ्नो फिगर यसरी मेन्टेन गरेकी छन् की उनलाई देखेर मानिसहरु अचम्मित पर्छन ।


शरिरका अन्य अंग मोटै देखिएपनि कम्मर भने निकै पातलो छ । ६ बर्षको कडा मेहनतपछि उनको कम्मर यस्तो भएको उनको दावी छ । संसारकै सबैभन्दा अलग देखिका उनले आफ्नो कम्मर २० इन्चको बनाएकी छिन् । पातलो कम्मर बनाउनका लागि उनले २३ घण्टा टाइट कपडा लगाउथिन् । उनले २० पटक भन्दा बढी सर्जरी समेत गराएको उनले बताएकी छिन् ।

उनले १९ बर्षको उमेरमा पहिलो पटक छातीको सर्जरी गराएकी थिइन् । उनी परफेक्ट फिगरका माध्यमबाट संसारभर चिनिनँ चाहेको बताउँछिन् । आफ्नो फिगरसँग गहिरो प्रेम भएको उनको भनाई छ ।







