
१४ जेष्ठ २०७६, काठमाडौं
यतिबेला चलचित्र ‘प्रेम गीत ३’ को लागि नयाँ नायिकाको खोजि भैरहेको छ । चलचित्र निर्माण टिमले टप २५ नव नायिकाहरु पनि छनोट गरिसकेको छ । यो सँगै टप २५ मा परेकी नव नायिका ऋतु पौडेल मिडियामा आएकी छिन् । पहिलोपटक मिडियामा देखिएकी ऋतुले आफु कलाकार बन्न चाहेको र यस अगाडीनै चलचित्र खेलेको समेत खुलाएकी छिन् ।
ऋतुले आफु नेपाली चलचित्रलाई माया गर्ने एक पात्र मात्रै नभएर चलचित्रको बारेमा चिन्ता गर्ने पात्र समेत रहेको बताएकिछिन् । उनको लागि पारिवारिक साथ खासै नहुदा कुनै समय निकै चिन्तित रहेको समेत उनले मिडियामा खुलाएकी छिन् । आफ्नो जिवनकालमा अध्यनलाई अगाडी लादै गर्दा चलचित्र क्षेत्रले आफुलाई तानेको समेत बताईन् ।
‘प्रेम गीत ३’ को नायिकाको लागि अडिसनमा २७ सय सहभागी मध्येबाट यो बेला २५ जनाको तिब्र प्रतिष्पर्धा देख्न सकिन्छ । फिल्ममा नायक प्रदिप खड्का नै रहने र नायिकाको मात्रै खोजि भैरहेको निर्माण पक्षको भनाइ रहेको छ ।





