
१४ जेठ २०७६, काठमाडौं
बलिउडका निकै लोकप्रिय जोडी सलमान खान र कट्रीना कैफ यतिबेला आफ्नो नयाँ फिल्म ‘भारत’ को प्रचार प्रसार मा ब्यस्त छन् ।
हालै मात्र एक इन्टरटेन्मेन्ट वेबसाइटमा आफ्नो नयाँ फिल्मको प्रोमोशन गर्न पुगेका बेला जब सलमानलाई ‘कट्रिनाका लागि वैकल्पिक करियरको रुपमा के गर्ने सल्लाह दिनुहुन्छ’ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘उनले विवाह गर्नुपर्छ र बच्चा जन्माउनुपर्छ ।’
कट्रिनाले प्रश्न व्यवसायिक जीवन जस्तै डाक्टर वा इन्जिनियर बन्नेबारे सोधिएको हो भनेर सलमानलाई सम्झाइन् । तर सलमान आफ्नै कुरामा अडिग भए र भने, ‘विवाह र बच्चाका लागि पनि अत्यधिक कोसिसको आवश्यता पर्छ ।’
अली अब्बास जफरको निर्देशनमा बनेको उनिहरुको ‘भारत’ फिल्म जून ५ मा रिलिज हुने तयारीमा छ ।





