
१३ जेठ २०७६, काठमाडौँ
यतिबेला फिल्म ‘सानो मन’ को टोली थाईल्यान्डको राजधानी बैंककमा छ । फिल्मको शिर्ष गीत सहित केही दृष्यको छायांकनको लागी युनिट यसै साता बैंकक गएको हो ।

पतायाको समुन्द्री किनारमा गीतको केहि दृश्यहरु छायांकन गरिएको छ भने केहि दृश्यहरु बैंककमा छायांकन हुने निर्माता राजेन्द्र मानन्धरले बताए। गीतमा चलचित्र अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के रोमान्टिक मुद्रामा देखिएका छन् ।

निर्देशक सुयोग गुरुङको कोरियोग्राफी रहेको गीतमा रोहितजोन क्षत्रीको स्वर, स्वप्निल शर्माको शब्द तथा सुयोग सोताङको संगीत छ ।






