
१३ जेठ २०७६, काठमाडौं
बलिउडकी निकै रुचाईएकी अभिनेत्री आलिया भट्ट फिल्ममा निभाउने भूमिकाका कारण चर्चामा आइरहने गर्छिन् तर अहिले भने उनी अर्को कारणले खुबै चर्चामा आएकी छिन् ।
आलियाले ‘द टाइम्स मोस्ट डिजायरेबल वूमन’ को उत्कृष्ट सूचीमा आफ्नो नाम लेखाउन सफल भएकी छिन् । यो लिस्टमा उनलाई सबैभन्दा सुन्दर र ग्ल्यामरस महिलाका रुपमा सामेल गरिएको छ ।
आलिया भट्टले कट्रीना कैफ, दीपिका पादुकोण, ज्याकलिन फर्नाडीस, अदिति राव हैदरी, दिशा पटानी र श्रद्धा कपूरजस्ता नायिकालाई पछाडि पारेरा यो स्थान आफ्नो पोल्टामा पारेकी हुन् । यी सबैलाई सन् २०१८ को सबैभन्दा बढी लोकप्रिय महिलाको सूचीमा आफूलाई सामेल गराएकी हुन् । सन् २०१७ मा यो सूचीको उत्कृष्टमा दीपिका पादुकोणले आफ्नो नाम लेखाएकी थिइन् ।
आलियाले सन् २०१८ मा जासुसी थ्रीलर फिल्म ‘राजी’ मा गरेको अभिनयले दर्शकको मन जितेकी थिइन् । उनले यही फिल्मबाट ‘फिल्मफेअर अवार्ड’ पनि हात पारिन् ।
‘द टाइम्स मोस्ट डिजायरेबल वुमन’ को लिस्टमा दोस्रो नम्बरमा मिनाक्षी चौधरी, तेस्रो नम्बरमा कट्रीना कैफ छिन् भने यो पटक दीपिका पादुकोणले चौथो नम्बरमा चित्त बुझाएकी छिन् ।





