झरनाको पहिलो रोजाइमा अनमोल र सुहाना



१३ जेठ २०७६, काठमाडौँ

चलचित्र ‘ए मेरो हजुर ३’ बाट राजतपटमा डेब्यु गरेकी नायिका सुहाना थापाको कामको प्रशंसा चौतर्फी भएको छ । दर्शकले उनको र नायक अनमोल केसीको जोडिलाई पनि अत्याधिक रुचाएका छन् । दर्शकको अबको प्रतिक्षा पनि अनमोल र सुहानालाई फेरि सँगै पर्दामा हेर्न रहेको छ ।

नेपालको सफल प्रदर्शन पछि निर्देशक झरना थापा र नायिका सुहाना थापा चलचित्र ‘ए मेरो हजुर ३’को विदेश प्रदर्शनका लागि यूरोप उडेका छन् । यूरोप उड्दै गर्दा झरना र सुहानाले नयाँ चलचित्रको बिषयमा समेत मुख खोलेका छन् ।

‘ए मेरो हजुर ३’को सफलता सँगै झरनाको पहिलो रोजाइमा परेका छन् नायका अनमोल । उनी अझै पनि नायक अनमोल केसी र सुहानालाई लिएर चलचित्र ‘भागवत गीता’ बनाउने सोचमा छिन् । झरनाका अनुसार सबै कुरा मिल्यो भने अनमोलसँग फेरि सहकार्य हुने सम्भावना देखिन्छ । आसा गरौ फेरि पनि ‘भागवत गीता’मा अनमोल र सुहानाको केमेष्ट्री देख्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्