समाज कल्याणमा ‘पानी बढुवा’



१३ जेठ २०७६, काठमाडौं

कुनै समय निजामती सेवामा २० वर्ष सेवा गर्दा पनि बढुवा नभएका कर्मचारीलाई एक तह बढुवा गरी सेवा–सुविधा दिई घर पठाउने चलन थियो– यसलाई भनिन्थ्यो पानी बढुवा ।

यस प्रचलनलाई निजामती सेवा ऐन, २०४९ को दफा २४ (घ) को नामले चिनिन्थ्यो । समाज कल्याण परिषद्ले पनि त्यही ‘पानी बढुवा’ लाई पछ्याउँदै विभिन्न पदका आफ्ना कर्मचारीलाई बढुवा गरायो ।

परिषद्को तत्कालीन बोर्डले २०६९ सालमा खरिदारदेखि सहसचिव वा सो सरह रहने निर्देशकसम्मका ४४ जनालाई एकैपटक बढुुवा गरेको थियो । तीमध्ये सबैभन्दा बढी भाग्यमानी हुन् ओभरसियर बोधराज दाहाल । उनको योग्यता ओभरसियर मात्रै हो तर परिषद्को तत्कालीन बोर्डले शैक्षिक प्रमाणपत्र नै नभए पनि इन्जिनियरमा बढुवा गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा सुरेश तामाङले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्