‘जात्रै जात्रा’को सफलताले छायो बर्षाको अनुहारमा नयाँ खुशी (फोटो फिचर)



१२ जेठ २०७६, काठमाडौं

‘नाई नभन्नु ल ४’ बाट राजतपटमा डेब्यु गरेकी नायिका बर्षा राउत यती बेला निकै खुशी छिन् । जेठ ३ गतेबाट रिलिज भएको उनको पछिल्लो चलचित्र ‘जात्रै जात्रा’ले बक्स अफिसमा सुखद व्यापार गर्दै प्रदर्शन भैरहँदा उनमा खुशी छल्किनु स्वभाविक नै हो । चलिचित्रमा नायिका बर्षाको धेरै लामो भूमिका छैन तर जती छ त्यो धेरै प्रभावकारी छ । चलचित्रमा उनको भूमिका एक प्रेरणादायी स्वाबलम्बी महिलाको रहेको छ ।

चलिचित्रबाट तारिफ पाइरहदा उनि यतिबेला देश भित्रैका बिभिन्न स्थानमा पुगेर दर्शका सँग साक्षात्कार गरेकी छिन् । दोश्रो सातासम्म आइपुग्दा चलचित्रको व्यापार पहिलो साताको भन्दा अझै आक्रामक छ ।

प्रतिक्रिया दिनुहोस्