बूढानीलकण्ठ नगरस्तरीय बाल क्लव गठन



११ जेठ २०७६, काठमाडौं

बूढानीलकण्ठमा नगरस्तरिय बाल क्लव गठन, संचालन तथा नियमन कार्यक्रम बूनपा ८ स्थित बाँसबारीको केएफसी पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

बूढानीलकण्ठद्वारा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख उद्धव प्रसाद खरेल, विशेष अतिथि उपप्रमुख रमादेवी राई, अतिथिहरुमा बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, कार्यपालिका सदस्यहरु लगायत विभिन्न १३ वटै वडाका विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

९ सदस्यीय बाल क्लवको नामावली
अध्यक्ष : निमा वाङ्गेल शेर्पा
उपाध्यक्ष : आशा नेपाल
महासचिव : प्रज्वल कटवाल
सचिव : तपस्वी थापा
कोषाध्यक्ष : शुमन तमाङ

सदस्यहरु:
दिक्षा थापा
रजिता श्रेष्ठ
सम्राट तमाङ
जेनिशा वि के

बाल क्लब गठनपछि उनीहरुले बालबालिकाको मुद्दाहरुलाई सरोकारवालाहरु समक्ष पुर्याउने, बाल सहभागिता सम्बन्धी सूचना तथा जानकारीलाई प्रचारप्रसार गर्न बालबालिकाहरु समक्ष पुर्याउने, बालबालिकाको नेतृत्व विकास गर्ने लगायतका कार्यहरु गर्नुपर्ने जानकारी दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्