बलिउड अभिनेत्री अनुष्का यस्तो गम्भीर रोगबाट ग्रसित



बलिउड अभिनेत्री अनुष्का शर्मा बिरामी परेकी छिन् । हालै मात्र अनुष्का एक क्लिनिकबाहिर भएको तस्वीर सामाजिक सञ्जालमा एकाएक भाइरल भएको थियो ।

भारतीय मिडियाका अनुसार अनुष्का लामो समयदेखि बल्जिङ डिस्क नामक रोगबाट ग्रस्त भएकी छिन् । यो रोगले कम्मरको हड्डीमा पीडा दिन्छ । हाल अनुष्काको पीडा झ नै बढेको छ । रोगले अझ चापेपछि उनि उपचारमा सकृय भएकी छिन ।

बिरामीका बावजूद अनुष्का शर्माले ३० मे मा शुरु हुन लागेको वल्र्डकप क्रिकेटका लागि आफ्ना पति विराट कोहलीलाई हौसला दिइरहेकी छिन् ।

विराट कोहली वर्ल्ड कप २०१९ का लागि भारतीय टिमका साथ इङ्ग्ल्याण्ड जाँदैछन्। अहिले अनुष्का र विराट गोवामा आफ्नो समय बिताइरहेका छन् । अनुष्काले फिल्ममा पनि काम गरेकी छैनिन् । पछिल्लो समय उनी फिल्म ‘जीरो’ मा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्