‘न यता न उता’को टाइटल गीतमा नम्रताको बोल्ड अवतार (भिडियो सहित)



११ जेठ २०७६, काठमाडौं

फिल्म न यता न उताको टाइटल गीत सार्वजनिक भएको छ । उक्त गीत फिल्म युनिटले सामाजिक सञ्जाल युट्युबबाट सार्वजनिक गरेका हुन् । गीतको भिडीयोमा मिस्टर प्रिन्स, मिराज रोश, समिर दिक्षित, नम्रता सापकोटा र प्रिति कौरलाई फिचर्ड गरिएको छ । गीतको भिडियोलाई शिशिर घर्तिले कोरियोग्राफी गरेका हुन् ।

यस अघि फिल्म युनिटले फिल्मको गीत, ट्रेलर र पोष्टर सार्वजनिक गरिसकेका छन् । साउन १७ गतेबाट प्रदर्शन हुने फिल्म ‘न यता न उता’मा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लगायतका कलाकारको अभिनय रहेको छ ।

विशारद बस्नेत र मिराज रोशको सयुंक्त निर्देशन रहेको फिल्ममा मिराज रोशको कथा तथा पटकथा, अभिमन्यु निरबीको संवाद, विपिन मल्लको सम्पादन र अरोन अशोक कुमारको छायाँकन रहेको छ । रिना लामा कार्यकारी निर्माता रहेको फिल्ममा अमित अर्याल, बेनकण्ठ मकाजु, विजय अवाले, विनिता अधिकारी, डाक्टर निराजन प्रधान, प्रतिक कर्माचार्य लगायतको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्