जयाले रेखालाई घरमै बोलाएर यसरी तोडिदिएकी थिइन रेखा र अमिताभको प्रेम



११ जेठ २०७६, काठमाडौं

बलिउड फिल्मका सफल रिल जोडी हुन रेखा र अमिताभ । यो जोडीलाई मन नपराउने सायदै होलान् । मेगास्टार अमिताभ बच्चन र सदाबहार सुन्दरी तथा अभिनयकी खानी रेखाको जोडीले कुनै समय बलिउडमा आगो नै लगाएको थियो ।

फिल्ममा मात्र नभएर वास्तविका जिवनमा पनि अमिताभ र रेखाको बिहे होस् भन्ने चाहाना धेरै दर्सक तथा फ्यानहरुको थियो तर अपसोच अमिताभले रेखा सँग होईन जयासँग सन् १९७३ मा लगङ्गाठो कसिसकेका थिए ।

जयासँग बिहे गरेका अमिताभको केहि वर्षमै रेखासँगको सम्बन्धले चर्चा पाउन थाल्यो । सन् १९७६ मा फिल्म ‘दो अनजाने’ को शुटिङमा नै रेखा र अमिताभ नजिकिएका थिए ।

रेखा–अमिताभको चर्चा जयाले पनि थाहा पाइन् । उनले एकदिन रेखालाई घरमा खाना खान निम्ता पठाइन् जसले अमिताभ–रेखाबीचको सबै सम्बन्ध एक क्षणमै सकाइदियो ।

रिपोर्टको अनुसार एक दिन अमिताभ शुटिङको लागि मुम्बईभन्दा बाहिर गएका थिए । सोही मौका पारेर जयाले रेखालाई घरमा खाना बोलाईन । उनले रेखालाई फोन गरेकी थिइन् । जयाको फोन आएपछि रेखा निकै डराइन् । जयाले आफूलाई गाली नगरोस् भन्ने कामना गर्दै उनले फोन उठाइन् तर जयाले निकै आदरपूर्वक उनलाई खाना खान निम्तो गरिन ।

घर बोलाएर जयाले बेइज्जत गर्ने पो हुन् कि भन्ने दोधारकै बीचमा रेखा अमिताभको घर खाना खान गइन् । रेखालाई घर पुग्नासाथै जयाले भव्य स्वागत गरिन् ।

खाना खाइसकेपछि बिदाई गर्दै गर्दा जयाले भनिन्, ‘चाहे जे सुकै होस् तर म कहिल्यै अमितलाई छोडदिन ।’ जयाको यो वाक्य सुनेर रेखा छागाबाट खसेजस्तै भइन् ।

यो घटनापछि अमिताभले रेखासँग दुरी बढाए । फेरि अमिताभ र रेखाले कहिल्यै सँगै फिल्म खेलेनन् ।

प्रतिक्रिया दिनुहोस्