‘छ माया छपक्कै’को छायाङ्कन सिन्धुलीबाट शुरु



११ जेठ २०७६, काठमाडौं

दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेका फिल्म ‘छ माया छपक्कै’को छायाङ्कन बिहिबार सिन्धुलीबाट सुरु भएको छ ।

आगामी दशैँमा रिलिज गर्ने उद्देश्यसहित सुरु भएको फिल्म रोहित अधिकारीले दीपकराज गिरी र दीपाश्री निरौलासँग मिलेर बनाउन लागेका हुन् ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, प्रकाश घिमिरे, रमा थपलियालगायतको अभिनय रहनेछ ।

४० वर्ष उमेर अन्तरालको प्रेम कथामा आधारित भएर निर्माण हुन लागेको फिल्मलाई हरि हुमागाईंले छायाङ्कन गरेका चन ।

निर्देशक लामाको कथा रहेको फिल्मको पटकथा दीपकराज गिरीले तयार पारेका हुन् । संवाद लेखनमा भने दीपकलाई केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरबीले सहयोग गरेका छन् ।

जितु नेपाल र केदार केदार घिमिरे फिल्मका कार्यकारी निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्