करण जौहरका जिवनका रोचक तथ्य : ‘सेक्सुआलिटी’देखि प्रेम जिवन



११ जेठ २०७६, काठमाडौं

बलिउड फिल्म नगरीका सफल तथा लोकप्रीय निर्देशक करण जौहरले भर्खरै ४७ औँ बसन्त पार गरे । उनि मुम्बईका सुप्रसिद्ध निर्देशक यश जौहरको छोराको रुपमा २५ मे १९७२ जन्मिएका हुन ।

‘दिलवाले दुल्हनिया ले जाएंगे’ मा सहायक निर्देशकको रुपमा फिल्म निर्देशको दुनियाँमा पाइला टेकेका करणले जीवनको करियरमा निर्देशन, स्क्रिप्ट राइटर, नायक र टेलिभिजन प्रस्तोताको रुपमा आफूलाई स्थापित गरिसकेका छन् ।

२००६ मा पोल्यान्डको मिस वल्र्ड प्रतियोगितामा ज्यूरीबाट समेत उनलाई सम्मान गरिएको थियो । यो सम्मान पाउने उनी पहिलो भारतीय नागरिक हुन् । साथै, उनी पहिलो निर्देशक हुन्, जसको मैनको मूर्ती म्याडम तुसाद म्युजियममा राखिएको थियो ।

आज हामी उनै करणका जीवनका अनेकौ पाटाहरुलाई केलाउने प्रयास गर्दैछौ ।

२६ वर्षमा शारीरिक सम्बन्ध
उनको जीवनमा आधारित किताब ‘अनसुटेबल बोइ’ को अनुसार उनले पहिलो पटक २६ वर्षको उमेरमा शारीरिक सम्बन्ध बनाएका थिए । उनि फिल्म ‘कुछ कुछ होला है’ को रिलीजको लागी न्यूयोर्क गएका थिए र उनले न्यूयोर्कमा नै पहिलो पटक शारीरिक सम्बन्ध राखेका थिए ।

करीना–करण दोस्ती र झगडा
करीना र करणको झगडा काण्ड पनि बलिउडमा चर्चाको बिषय थियो । उनले करीनालाई ‘कल हो ना हो’ को लागि अफर गरेक थिए तर उनी शाहरुख खानको जत्ति नै पारिश्रमिक चाहान्थिन र पछि पिताको सल्लाहमा करणले करीनालाई फोन त गरे तर उनले जवाफ दिइनन् ।

पैसाको विषयमा काजोलसँग लफडा
काजोलले करण जौहरद्वारा निर्देशित थुप्रै फिल्ममा काम गरेकी थिइन् । कालोज र करणले बलिउडमा राम्रो सम्बन्ध भएका निर्देशक र अभिनेत्रीको छवी बनाएका थिए । तर, पछिल्लो पटक केआरकेको फिल्म ‘ऐ दिल है मुश्किल’ को तारिफ गर्नको लागि करणले २५ लाख दिए भन्ने समाचार आयो त्यसपछि करण र काजोलको आत्मियतामा खलल आयो ।

‘सेक्सुअल ओरिएन्टेशन’
करणले आफ्नो सेक्सुअल ओरिएन्टेशनको बारेमा पनि खुलेर लेखेका छन् । उनले लेखेका छन्, ‘हर कोहिलाई थाहा छ कि मेरो सेक्सुअल ओरिएन्टेशन के हो भनेर । त्यसैले मैले चिच्याउँनु जरुरी छैन । र, म यस्तो पनि गर्दिन किनकी म यस्तो देशमा बस्छु जहाँ यस्तो भनेमा जेल जानुपर्ने हुनसक्छ ।’

ट्विंकलको प्रेममा पागल
ट्विंकल खन्नाको पुस्तक ‘मिसेज फनीबोन्स’ को लन्चमा करणले आफू उनको प्रेममा पागल भएको कुरा खुलाएका थिए । उनीहरु दुवै एउटै बोर्डिङ स्कुलमा सँगै पढ्थे । उनले खन्नालाई उनको दिल तोडेको आरोप समेत लगाएका थिए । उनले खन्नालाई ‘कुछ कुछ होता है’ मा काम गर्नको लागि अफर गरेका थिए । तर खन्नाले उनको प्रस्ताव अस्वीकार गरेकी थिइन् ।

सरोगेसीबाट पिता
करण सरोगेसीको मद्दतबाट पिता बनेका छन । उनका एक छोरी र एक छोरा छन् । उनको छोरीको नाम रुही र छोराको नाम यश हो ।

प्रतिक्रिया दिनुहोस्