
१० जेष्ठ २०७६, सोलु/जेपी थुलुङ
गत मंगलबार परेको अविरल बर्षा र हावाहुरीले सोलुखुम्बुका अधिकांश कृषकहरुको बालीनालिमा क्षती पुगेको छ ।
अविरल बर्षासंगै चलेको हावा हुरी र असिनाले सोलुखुम्बुको कोसी वारीका सोताङ र महाकुलुङ क्षेत्रका कृषकहरुको बालीनालिमा क्षती पुगेको कृषकहरुले बताएका छन् ।
असिनाले पाकिसकेको गहुँ, जौ, र हुर्कीदै गरेको आलु र मकैमा क्षती पुर्याएको महाकुलुङ गाउँपालिका ५ का एक शिक्षक गोविन्द कुमार राईले जानकारी दिए ।
हावाहुरी र असिनाले सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका, माप्य दुधकोशी गाउँपालिका, नेचासल्यान गाउँपालिका क्षेत्रका कृषकहरुको समेत बालीनालिमा ठुलो क्षती पुगेको कृषकहरुको गुनासो छ ।
पाकिसकेको बालीनालिमा यसरी क्षती पुग्दा कृषकहरु ठूलो मर्कामा परेका छन् ।





