एकैसाथ ६ सन्तान जन्माएपछि महिलालाई राष्ट्रपतिले दिए बधाई



०९ जेठ २०७६, काठमाडौं

पोल्यान्डमा एक महिलाले ६ बच्चा जन्माउन सफल भएका छन् । महिलाले एकैसाथ ६ सन्तानको जन्म दिएपछि त्यहाँका राष्ट्रपतिले समेत उनलाई वधाई दिएका हुन् ।

उत्तरी पोल्यान्डको एक अस्पतालमा उनले बच्चा जन्माएकी हुन् । जन्मिएका ६ बच्चा मध्ये ४ छोरी र २ छोरा रहेका छन् । उनीहरुको तौल ८९० ग्राम देखी १/३ किलो सम्म रहेको छ ।

आमा र बच्चा दुवैको स्वास्थ्य सकुशल रहेको र बच्चाहरु समय नपुगी जन्मिएकाले इन्कुबेटरमा राखिनेछ । अस्पतालका डाक्टरहरुले ५ बच्चा जन्मिने अनुमान गरेका थिए तर उक्त महिलाले २९ औँ हप्तामै ६ बच्चा जन्माएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्