फेरिल्याण्डमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न



०७, जेष्ठ २०७६, काठमाडौं

‘हर प्रहर, गाँउ घर र नगरी ! टोल टोलमा नेपाल प्रहरी’ भन्ने मुल नाराका साथ कपनमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ ।

कपन, बालुवाखानीस्थित फेरिल्याण्ड विद्यालयमा भएको कार्यक्रमले शान्तिपूर्ण एवं सुरक्षित समाजका लागि बालबालिकालाई आधारभूत सुरक्षाको जानकारी प्रदान गरेको छ ।

कार्यक्रममा बोल्दै बूनपा–१० का वडाअध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिती नवराज भट्टराईले यस्तो पोजिटिभ भाईभ दिने कार्यक्रमलाई आफ्नो वडाले सशक्त रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

“यो कार्यक्रम त आफैंमा राम्रो भई नै हाल्यो, यसबाहेकका अन्य कार्यक्रमहरु पनि अब वडाले ल्याउने छ । यस खालको कार्यक्रमहरु समुदायमा आउँनुले समाजमा आमूल परिवर्तन आउन सक्छ ।” उनले भने ।

त्यस्तै कार्यक्रममा बोल्दै महानगरीय प्रहरी बृत बौद्धका डिएसपी नरेन्द्र चन्दले कार्यक्रमले बालबालिकामा सकारात्मक व्यवहार देखिने दावी गरे ।

“यसअघि पनि नेपाल प्रहरीले धेरै विद्यालयहरुमा कार्यक्रम संचालन गरिसकेको छ । यसको प्रभावले भोली बालबालिकाहरु दूर्व्यसनीबाट टाढा रहँन सक्छन् ।”

त्यसैगरी विद्यालयका शिक्षक तथा कार्यक्रमका सभाअध्यक्ष राम गौतमले स्कुलहरुमा यस्तो खालका कार्यक्रमहरु हुनुले समाजमा सकारात्मक परिवर्तन आउने बताए ।

उनले भने, “यो प्रहरीको काम एकदमै सहारनीय छ, अब कोही पनि समुदाय तथा व्यक्ति दूर्व्यसनीमा परेर बस्नुपर्ने छैन ।”

विशेष गरि बालबालिकाहरुको भविष्यलाई टार्गेट गरी आयोजना गरिएको कार्यक्रममा चेतनामुलक डकुमेन्ट्रीसमेत शो गरिएको थियो ।

डकुमेन्ट्रीमा बालबालिकालाई अभिभावकले उचित समय तथा हेरचाह नगर्दा के हुन्छ? भन्ने कुरालाई देखाउँन खोजिएको छ ।

कार्यक्रममा बालश्रम, बालयौन दुर्व्यवहार, बालबालिका बेचबिखन, बाल बिबाह तथा अभिभावकले बालबालिकाको भविष्यको बारेमा अवलम्बन गर्नुपर्ने कुराहरुलाई समेटेर बालबालिकाहरुलाई सूचित गर्ने काम प्रहरीबाटै गरिएको थियो ।

अन्त्यमा–

नेपालको संवैधानिक इतिहासमा पहिलो पटक सार्व–भौमसत्ता सम्पन्न जनताका प्रतिनिधिमार्फत संविधानबाट जारी नेपालको संविधान–२०७२ ले बालबालिकाको हकलाई मौलिक हकको रुपमा संवैधानिक प्रत्याभूती प्रदान गरेको छ ।

जसअनुसार नेपालको पछिल्लो समयको अवस्था हेर्दा सो प्रत्याभूति नभएको पाईन्छ ।

नेपालको पछिल्लो समयको अवस्थालाई नियाँलिरहँदा यस्ता खालका कार्यक्रमहरु हुन आवश्यक छ ।

सम्बन्धित समाचारहरु हेर्नुहोस् !

बालबालिकालाई लक्षित गर्दै कपनमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम सम्पन्न (भिडियोसहित)

 

कपनस्थित पुष्पलाल विद्यालयमा समुदाय– प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

प्रतिक्रिया दिनुहोस्