बूढानीलकण्ठ १० मा उद्घोषण तालिम शुरु



०७ जेठ २०७६, काठमाडौं

बुढानिलकण्ठ नगरपालिका प्राविधिक शिक्षा, सीप विकास तथा तालिम ब्यवस्थापन समितिको आयोजनामा बूढानीलकण्ठ वडा नंं १० को वडा कार्यालयमा उद्घोषण कला तालिम शुरु भएको छ ।

बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको अध्यक्षता समितिकी संयोजक सुमित्रा पाण्डे त्रिपाठीका गरेकी थिईन् ।

प्रमुख अतिथि भट्टराईले उद्घोषण कलाले नेतृत्व क्षमता विकासका हुनुका साथै सहभागीको प्रस्तुतीकरणमा सहजता आउने भएकाले प्राय सवै वडामा यस्ता रचनात्मक कार्यक्रमको आयोजना हुनुपर्नेमा जोड दिदैं सहभागीहरुलाई शुभकामना दिएका थिए ।

कार्यक्रमकी अध्यक्ष पाण्डेले बूढानीलकण्ठ नगरपालिकाले १३ वटै वडामा उदघोषण कलाको तालिम संचालन गरिने जानकारी गराउँदै शिलाइ कटाई, बेकरी लगायतका सीपमुलक र ब्यवसायिक तालिमहरु समेत संचालन भईरहेको जानकारी गराएकी थिईन्

कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी सल्लाहकार बिन्दा गौतम, वडा १० का सदस्य भुव प्रसाद रेग्मी लगायत उपस्थिती रहेको थियो भने तालिमको उद्घाटन कार्यक्रमको संचालन समितिका सदस्य अक्कल तामाङले गरेका थिए ।

उद्घोषण कला तालिम बूनपा १० को वडाकार्यालयमा बिहान ११ बजे देखी १ बजे सम्म संचालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्