
०५ जेठ २०७६, काठमाडौैं
चर्चित अभिनेत्री प्रियंका कार्की अहिले फ्रान्समा आयोजना भैरहेको ‘कान्स फिल्म फेस्टिवल’ मा सहभागी हुदैछिन् । नेपालबाट पहिलो पटक कान्स फिल्म फेस्टिवल मा सहभागी भएको देख्दा हुनेवाला सासुआमा धेरै सुखी भएको देखिन्छ ।उनले सामाजिक संजाल फेसबुक मार्फत उनले यस्तो खुसी प्रकट गरेकी छिन्, हुनेवाला बुहारी प्रियंका कार्कीलाई ।
सर्वप्रथम त यो कुरा यसरी सामाजिक संजालमा प्रकट गर्न पाउँदा धेरै आभारी छु भनेर बताएकी छिन् । तिमी एउटा असल र ईतिहासिक निर्माता हो छोरी । तिमीलाई धेरै भन्दा धेरै बदाई छ ‘कान्स फिल्म फेस्टिबल’ सहभागी हुन पाएकोमा । तिमीलाई आफूले चाहे भन्दा बदी अनुभव मिल्ने अवसर मिलिरहोस्,र मलाई आशा छ तिमी अझै नि यस्तै गर्व महसुस दिलाउने छौ भन्ने ।
प्रियंका कार्की २० मेमा कान्समा सहभागी हुँदैछिन् । त्यहाँ उनी चार वटा इभेन्ट नर्वे्जियन फिल्म फेस्टिभल, बुक लञ्च, माइकल ज्याक्सनलाई दिइने ट्रिव्युट र गाला डिनरमा सहभागी हुने छिन् ।





