नेपाली हिरोइन कस्को रुचीको पहिरन कुन ?​



पहिरनको मामिलामा नेपाली अभिनेत्रीहरु पनि निकै सजग बन्न थालेका छन् । जस्ता पायो त्यस्तै ड्रेसमा ठाँटिने परम्परा हटेको छ । आकर्षक विभिन्न पहिरनमा सार्वजनिक स्थानमा देखिने नेपालका चल्तीका ६ अभिनेत्रीहरुलाई कस्तो–कस्तो ड्रेस मन पर्छ ? छोटो रिपोर्ट ।

बर्षा सिवाकोटी : पछिल्लो समयकी लोकप्रिय अभिनेत्री बर्षा सिवाकोटीलाई क्याजुलर ड्रेस सबैभन्दा धेरै मन पर्छ । ग्रेस नेपाल भन्ने स्थानमा सपिङ गर्न रुचाउने उनलाई पहेँलो रङ आकर्षक लाग्छ । नियमित रुपमा व्यायाम गर्ने वर्षाको नयाँ चलचित्र बिर बिक्रम–२ जेठ ३ मा सार्वजनिक हुँदैछ ।

प्रियंका कार्की : अभिनेत्री प्रियंका कार्कीलाई सवैभन्दा मन पर्ने ड्रेस ठ्याक्कै यस्तो भन्ने छैन । उनि भन्छिन्, ‘मलाई त सबै किसिमका ड्रेस मन पर्छ । तर, लगाएको ड्रेस सुहाउनुपर्यो ।’ सपिङ गएका बेलामा सुहायो र मन प-र्यो भने जस्ता पहिरन पनि प्याक गर्ने बताइन् । ३१ बर्षको उमेरमा पाइला टेकेकी प्रियंकाले व्यक्तीत्व विगार्ने किसिमका ड्रेसवाट सजग रहेको बताउँदै भनिन्, ‘शरिरलाई फिट र आकर्षक देखिए जुन ड्रेस भएपनि हुन्छ ।’

केकी अधिकारी : अभिनय र सुन्दरताका हिसाबले सधै चर्चामा रहने अभिनेत्री केकी अधिकारीलाई क्याजुअल ड्रेस असाध्यै मन पर्छ । कलरको मामिलामा उनलाई रातो र कालो अलिकति बढि मन पर्छ । ५ फिट २ इन्च अग्ली केकीलाई बैंगनी रङले मोहित पार्ने बताइन् । मानिसको परिचय सुरुमा उसले लगाउने पहिरनबाट पनि थाहा हुने भएकाले ड्रेसको माहिलामा सधै सचेत रहने उनि बताउँछिन् ।

ऋचा शर्मा : ऋचा शर्मा अहिले अभिनयसँगै रेष्टुराँ ब्यवसायमा पनि सक्रिय छिन् । उनले हालै दरबारमार्गमा पांग्रा एक्सप्रेस नामक रेष्टुराँ खोलेकी छिन् । अहिलेसम्म अविवाहित ३१ बर्षिया ऋचा पनि पहिरनको मामिलामा निकै सजग हुने गरेको बताउँछिन् । ५.६ फिट अग्ली ऋचालाई जिन्स र टिसर्ट सवैभन्दा मन पर्ने ड्रेस हुन् । उनलाई रातो रङ अलिकति बढि मन पर्छ ।

रिमा विश्वकर्मा : अगस्ट ५ मा जन्मिएकी अभिनेत्री रिमा विश्वकर्मा सोचेर तर कम बोल्ने अभिनेत्रीको रुपमा धेरैले चिन्छन् । उनलाई साडी र ब्लाउजमा चिटिक्क परेर हिड्न मन पर्छ । उनलाई सेतो रङले मोहित पार्छ । उनको रेगुलर सपिङ गर्ने ठाउँ छैन । उनि भन्छिन्, –‘मन परेको खण्डमा जहाँ पनि सपिङ गर्छु ।’

सन्ध्या केसी : सुन्दर अभिनेत्री सध्या केसी २४ बर्षकी भइन् । ५.३ फिट अग्ली सन्ध्याको फोटोजेनिक लुक्स छ । सन्ध्यालाई क्याजुल र सेतो कलरको कुर्ता निकै मन पर्छ । यद्यपी उनले मन परेको पहिरन तुरुन्तै किन्ने बताइन् । आधा दर्जन हाराहारी चलचित्रमा काम गरिसकेकी सन्ध्याले अभिनय गरेको पछिल्लो चलचित्र पण्डित बाजेको लौरी केहि समय अघि सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्