जिम्मेवार युवा, उत्तरदायी सरकार र समृद्ध बूढानीलकण्ठ निर्माणका लागि दोश्रो यूवा तालिम आवेदन आव्हान



०३ जेठ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका भित्रका युवा विद्यार्थीहरुलाई सशक्तिकरण गर्दै नगरपालिकाको सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यले दोश्रो युवानीलकण्ठ आवासीय तालिमको लागि आवेदन खुल्ला गरिएको छ ।

नगरपालिका भित्रका १३ ओटै वडा कार्यालयबाट १८ देखि २८ वर्ष सम्मका युवाहरुले आवेदन दिन पाउने व्यवस्था गरिएको छ । जेठ ५ बाट आवेदन फारम वितरण गरिने छ ।  भने जेठ १८ मा फारम लिन बन्द गरिने छ ।  जेठ २१ मा सहभागीको छनोट गरेपछि जेठ २६ मा अभिमुखीकरण तालिम संचालन गरिने छ भने जेठ २७ देखि ५ दिने निःशुल्क आवासीय प्रशिक्षणको व्यवस्था गरिने छ ।

हरेक वडाबाट १/१ जना सहभागी गराउने उद्देश्यले १३ जनाको छनोट गरिन्छ भने १२ सहभागी खुल्ला प्रतिष्पर्धाबाट छनौट गरिनेछ । शुरुमा छानिएका ६५ जनाबाट २५ जना सहभागीलाई नगरपालिका र यूवानीलकण्ठको विज्ञ टोलीले छान्नेछ । छनोटमा सहभागीको ईच्छा शक्ति र क्षमतालाई मुख्य आधार मानिने आयोजकले बताएका छन् ।

युवानीलकण्ठको नेतृत्व र संयोजन अनुभवी युवाहरुले गरेका छन् भने बूढानीलकण्ठ नगरपालिकाले यसलाई नगरपालिकाको युवापरिचालन गर्ने एउटा अभियानको रुपमा स्वीकार गरेको छ ।

अघिल्लो वर्षबाट सामाजिक कार्यमा आक्रमक रुपमा लागेको यूवानीलकण्ठ नगरक्षेत्रको एउटा भरोषा योग्य अभियानको रुपमा स्थापित हुन लागेको छ । परिवर्तन खबरलाई प्राप्त जानकारीको आधारमा अघिल्लो बर्षको प्रगति विवरण यस प्रकार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्