दिगो फोहोर व्यवस्थापनको लागि बूनपा १० मा निःशुल्क तालिम संचालन हुँदै



०३ जेठ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा–१० मा सुकिलो अभियान अन्तर्गत साःगा प्रविधिबाट फोहोरमैलाको दिगो ब्यवस्थापन सम्बन्धि दुई दिने तालिम संचालन हुने भएको छ ।

जेठ ५ र ६ गते संचालन हुने तालिममा घरबाट निस्किएका फोहोरको उचित ब्यवस्थापन गर्ने विधिका वारेमा ब्यवसायिक प्रशिक्षकबाट वडा कार्यालयको भवनमा प्रशिक्षण दिईनेछ ।

बूढानीलकण्ठ नगरपालिकाकी उपप्रमुख रमादेवी राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईले पछिल्लो समय साःगा प्रविधिबाट फोहोरको मल बनाउने विधि प्रभावकारी बन्दै गएकोले वडा नं. १० ले सो सम्बन्धि तालिम संचालनमा ल्याएको बताए ।

कार्यक्रममा उपप्रमुख रमादेवी राई सहित वडाध्यक्ष नवराज भट्टराई, वडा सदस्यहरु चन्द्र मान श्रेष्ठ, भुव प्रसाद रेग्मी, रिता दाहाल, दिल कुमारी बिक लगायत महिला संजाल तथा अन्य संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्