प्याब्सनले २५ परिवारका लागि नमुना वस्ती निर्माण गर्दै



३० बैशाख २०७६, काठमाडौं

निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल प्याव्सनद्वारा २५ परिवारका लागि प्याब्सन नमुना वस्ती निर्माण गर्ने भएको छ ।

सुनसरीको रामधुनि नगरपालिकामा निर्माण हुन लागेको उक्त नमुना बस्तिको आज शिक्षा प्रबिधि मन्त्री गिरिराजमणि पोखरेल र प्याब्सन केन्द्रीय अध्यक्ष टिकाराम पुरिले संयुक्त रुपमा शिलान्यास गरेका छन् ।

अनुमानित एक करोड  पचास लाख रुपैयामा निर्माण हुने बताईएको उक्त प्याब्सन नमूना बस्ती निर्माणको संयोजन प्याब्सन एक नम्बर प्रदेशले गर्ने भएको छ ।

परिवर्तन खबरसँग बोल्दै प्याब्सन प्रदेश नं १ का अध्यक्ष युवराज बाशिष्ठले सो कुराको जानकारी दिएका हुन् । उनले सो बस्ती बाढीपहिरो पिडित तथा सुकुम्बासीलाई प्याब्सन र नगरपालिकाको संयोजनमा ब्यवस्थापन गरिने जनाकारी दिए । प्याब्सन केन्द्रीय कार्य समितीको दोस्रो बैठकले गरेको निर्णय अनुसार उक्त बस्ती निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्