प्याब्सनको दोश्रो पूर्ण बैठक सम्पन्न : बार्षिक कार्य योजना पारित 



२८ बैशाख २०७६, काठमाडौं

निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएको छ ।

राजधानीमा सम्पन्न बैठकले बार्षिक कार्ययोजना तर्जुमा गरि पारित गरेको छ । उक्त बैठकले १५ जनाको केन्द्रीय सल्लाहकार परिषद्, १३ जनाको प्राज्ञिक सल्लाहाकार समिती र २५ जनाको केन्द्रीय सदस्यहरुको मनोनयन गरेको प्याब्सन केन्द्रीय उपाध्यक्ष गोपाल आचार्यले परिवर्तन खबरलाई जानकारी दिए ।

उनका अनुसार प्याब्सनको नीति तथा कार्यक्रम कार्यान्वयनका लागि १२ वटा विभागहरु गठन गरिएको जानकारी दिए भने लक्ष्य बहादुर केसी अनुशासन संयोजक, महेश श्रेष्ठ लेखा समिति संयोजक मनोनयन गरिएको छ ।

बैठकले गरेको निर्णय जानकारी दिदै आचार्यले भने  २५ वटा घर सुनसरी जिल्लाको रामधुनी नगरपालिकामा  निर्माण गर्ने महत्वपूर्ण ठाउँहरुमा यात्रु प्रतिक्षालय बनाउने सार्वजनिक स्थानमा शौचालय बनाउने लगायतका निर्णय गरेको जानकारी दिएका छन् । प्राइभेट बोर्डिङ्ग स्कूललाई प्रविधि मैत्री बनाउने, शिक्षामा लगानी सुरक्षाको प्रत्याभूती गराउन पहल गर्ने, बन्न लागेको शिक्षा ऐनमा निजी विद्यालयका समस्यालाई सम्बोधन गर्न पहल गर्ने लगायतका निर्णयहरु गरेको जानकारी दिए ।

अर्को प्रसङ्गमा उनले भने नेपाल सरकारले ल्याएको सामाजिक सुरक्षा कोषमा तत्काल सहभागि नहुने उक्त राम्रो काममा सहभागी हुनका लागी कसरी सम्भव हुन्छ उक्त कुराको गृहकार्य गर्ने लगायतका निर्णय गरिएको जानकारी दिए ।

बालबालिकाहरुमा बढिरहेको इन्टरनेट गेम र त्यस्ता गेमले पारिरहेको नकरात्मक प्रभावलाई हटाउनका लागि कार्ययोजना बनाई लागू गर्ने लगायतका निर्णय गरिएको जानकारीे दिए ।

प्रतिक्रिया दिनुहोस्