
२६ बैशाख २०७६, काठमाडौं
मिस वर्ल्ड २०१७ मानुषी छिल्लरले बलिउडमा डेब्यु गर्ने भएकी छिन् । मानुषीले अक्षय कुमारको जोडी बनेर एक वायोपिक सिनेमाबाट डेब्यु गर्न लागेकी हुन्
भारतीय संचारमाध्यमका अनुसार मानुषी र अक्षय भारतका एक ऐतिहासिक योद्वा पृथ्वीराज चौहानको वायोपिक सिनेमामा सँगै काम गर्न लागेका हुन् । सिनेमालाई यशराज फिल्मसले निमार्ण गर्ने बताइएको छ ।
सिनेमालाई चन्द्र प्रकाश द्विवेदीले निर्देशन गर्नेछन् । सिनेमामा उनले राजकुमारी संयूक्ताको भूमिका निर्वाह गर्नेछिन् । हाल मानुषी सिनेमाको तयारीको लागि नृत्य तथा अभिनय प्रशिक्षण लिइरहेकी छिन् ।





