भारतीयलाई नेपाली नागरिकता दिलाउने जनप्रतिनिधि र कर्मचारी भागेपछि वडा ठप्प



२६ बैशाख २०७६, झापा

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउने प्रक्रियामा मुछिएका जनप्रतिनिधि र कर्मचारी भागेपछि वडाको काम प्रभावित भएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा रविन भट्टराईले लेखेका छन् ।

अदालतले पक्राउ पुर्जी जारी गरेसँगै कचनकवल–२ का वडाध्यक्ष मुखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ र वडा सचिव हरिप्रसाद गौतम एकै दिन फरार भए । यसबाट दैनिक काम लिएर वडा कार्यालय पुग्ने सेवाग्राहीमा परेको छ ।

वडा कार्यालयमा अध्यक्ष, सदस्य र सचिव नहुँदा सेवाग्राहीले सिफारिस, जन्मदर्ता, विवाहदर्ता, योजना सिफारिस, नागरिकता सिफारिसलगायत वडाबाट हुने काम लिन सास्ती भोग्नुपरेको वडासदस्य चन्द्रशंकर अधिकारीले बताए । ‘वडा कार्यालयबाट धेरै काम हुन्छ, त्यसैले नागरिकको चाप त हुन्छ नै, वडाध्यक्ष, सदस्य र सचिव सबै भूमिगत भए। काममा समस्या छ,’ अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्