शिक्षामा महिला नेतृत्व शिक्षक देखि शिक्षासेवीसम्म



२५ बैशाख २०७६, काठमाडौं

पितृसतात्तमक समाजको उपजको रुपमा रहेको पुरुष प्रधान देशमा हरेक क्षेत्रमा पुरुष अगाडि रहने हाम्रो जस्तो विकासोन्मुख मुलुक क्रमसः लैङिगताका सवालमा उपलब्धिमुलक तरिकाले अगाडि बढिरहेको छ ।

महिलाका पक्षमा राज्यले नै प्राथमिकता तथा आरक्षण मार्फत महिलाहरुलाई अवसर दिने परिपाटीको बिकास नेपालमा द्रुतत्तर गतिमा  भइरहेको छ । नेपालको अन्तरिम संबिधान २०६३ ले महिलालाई हरेक क्षेत्रमा ३३ प्रतिशत महिला आरक्षणको व्यबस्था गरेको छ । यो संबिधान  जारी भएपछि  नेपालमा हरेक क्षेत्रमा महिलाको प्रतिनिधित्व हुन थालेको थियो ।  यसले सरकारी लगायत अन्य क्षेत्रमा महिलाकोे उपस्थितिलाई अनिवार्य जस्तै बनाएको छ ।

महिलालाई सरकारी सेवा राजनिति लगायतमा दिइएको यो अवसरले नेपालमा महिलाले आफुलाइ पुरुष सरह क्षमता बिस्तारमा ठुलो सफलता हासिल गरिरहेको छ  । यसरी नै शिक्षा क्षेत्रमा पनि महिलाहरु शिक्षिकाको रुपमा मात्र नभई शिक्षासेवी तथा प्रधानध्यापकको रुपमा पनि क्रियाशिल छन । नेपालको शिक्षा क्षेत्रमा शिक्षककोरुपमा कार्यरत महिला शिक्षकको उपस्थिति  उत्साहजनक रुपमा भइरहेको शिक्षा क्षेत्रमा कृयाशिल महिला शिक्षा सेवी बताउँछन् ।

कतिपय महिलाहरु शिक्षकको रुपमा काम गर्दा गर्दै नेतृत्व तहमा पुगेका र कतिपय आफ्नै लगानीमा संंचालन गरिरहेका विद्यालयमा प्रधानाध्यापकको रुपमा कार्यरत छन ।

नीजि विद्यालयमा महिला नेतृत्व
निजी स्तरबाट सन्चालित शिक्षालयहरुमा शिक्षा क्षेत्रको उन्नयनका लागि महिलाहरु शिक्षकको  भुमिकामा मात्र क्रियासिल भइरहेका छैनन  त्यतिकै मात्रामा नेतृत्व पनि दिइरहेका छन । महिलाले नेतृत्व गरेका निजी बिद्यालयहरु कतिपय सफल भइरहेका छन भने सफलता तर्फ गइरहेका छन । नेपालमा महिला प्रधानध्ययापकको संख्या सरकारी तथा निजी स्कूलमा गरि झण्डै २०० को हाराहारिमा रहेको बताउँछन् शैक्षिक क्षेत्रमा कृयाशिल महिला शिक्षासेवीहरु ।

प्रस्तुत छ हामीले शिक्षा क्षेत्रमा कृयाशिल शिीक्षका तथा शिक्षा सेवीहरु संग गरिएको कुराकानीमा आधारीत सामग्री –
महिलाहरुको उपस्थिति शिक्षा क्षेत्रमा उत्साहजनक रुपमा भइरहेको र नेतृत्व समेत सफल भइरहेको बताउछिन निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन केन्द्रीय कार्य समितीकी सचिव तथा हिमालय स्कूल एण्ड कलेजकीकी डाइरेक्टर संगिता शिलवाल बताउछिन । उनी भन्छिन महिलाको नेतृत्वमा सन्चालन भएका संस्थाहरु प्राय सफल हुने उनको तर्क छ । उदाहरणको रुपमा महिलाले सन्चालन गरेको घर राम्रो हुने तथा महिलाले चलाएको गाडी हतपत दुर्घटनामा नपर्ने तर्क गर्दै महिलाहरु संयम हुने,अनशासित हुने र हरेक काम गर्दा मिहिनेत गर्ने हुनाले महिलाको नेतृत्व हरेक संस्थामा सफल हुने दावि गर्छिन । यसलाइ प्रष्ट पार्दै उनी भन्छिन यसको अर्थ पुरुषको नेतृत्व कमजोर भन्न खोजेको हैन । आजको समयमा महिलाहरु  नेतृत्वमा धेरै अगाडि बढिसकेको उनको तर्क छ । उनी आफै पनि २०६० सालबाट नै नाइल एकेडेमीकी प्रिन्सिपल भएकी थिइन । हाल उनी हिमालयन स्कूल एण्ड कलेजकी संचालक हुन भने प्याब्सन केन्द्रीय कार्य समितिको सचिवको रुपमा कार्यरत छिन । नेतृत्व गर्ने कुरामा कतिपय अवस्थामा पारिवारिक वातावरणले समेत प्रभाव पार्ने उनको तर्क छ । उनी काठमाडौंमा नै जन्मिएकी र उनको परिवारमा आर्थिक सम्पन्नताको बाबजुद पनि छोरी मान्छेलाई काम गर्नु हुदैन भन्ने मान्यता बिपरित उनी १६ वर्षको उमेरमा एसएलसि दिए पछि शिक्षण पेशामा आबद्ध भएकी थिइन ।

त्यस्तै लामो समय देखि शिक्षण क्षेत्रमा कृयाशिल प्याब्सन पुर्व केन्द्रीय कार्य समितिकी कोषाध्यक्ष सरिता देवकोटाले विभिन्न तरिकाले महिलाहरुले आजको आधुनिक समयमा नेतृत्व गरिरहेको बताउछिन । नेपालमा आएको राजनैतिक परिवर्तन सङगै महिलाहरुले उपलब्धिमुलक रुपमा नेतृत्व गरिरहेको बताउछिन । लामो समय देखि शिक्षा क्षेत्रमा कृयाशिल   उनी सानै देखि शिक्षक बन्ने लक्ष्य राख्थिन् उनको शैक्षिक यात्रा २०५७ बाट सुरु भएको हो । कपिलवस्तुमा सरकारी स्कूलबाट शैक्षिक यात्रा सुरु गरेकी देवकोटा २०६० सालमा बात्सयान नामक बिद्यालयको प्रधानध्यापक भएकी थिइन्  । नेपाल जस्तो पुरुष प्रधान देशमा महिला भएर पुरुष बराबर काम गर्न सक्षम आफु जस्ता शिक्षकहर धेरै रहेको उनी बताउछिन । यसो हुनुमा नेपालमा आएको चेतनाको स्तर र शिक्षा क्षेत्रमा भइरहेको ब्यापक सुधारका कारण र राज्यको महिला प्रति हेर्ने दृष्टिकोण राम्रो भएर नै हो भन्ने उनको तर्क रहेको छ ।

शिक्षकको रुपमा काम गरेर धेरै महिलाहरु नेतृत्वकोरुपमा जगमगाइरहेका छन । निलिमा पन्त निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल काठमाडौं महानगर कमिटी सदस्य हुन उनी शिक्षण पेशामा बिज्ञान शिक्षिकाको रुपमा काम गर्न सुरु गरेकी थिइन यो क्षेत्रमा उनको अनुभवको १८ बर्ष पुरा भइसकेको छ भने हाल उनी आफ्नै लगानीमा संचालित  डिभाइन बर्डस् एजुकेशनल एकेडेमीमा २०६७ सालदेखि कार्यरत छिन । उनको मान्यता पनि संगिता शिलवाल संग मिल्दो जुल्दो छ । महिलाहरु आफुले गर्न थालेको कामलाइ प्राथमिकताका साथ गर्न सक्छन । महिलाहरु  नेतृत्व प्रति सम्बेदनशिल हुन्छन र कार्यान्वयन पक्ष सफल हुन्छ । उनको बुझाइमा महिलाहरुमा मिहिनेत गर्न सक्ने क्षमता हुन्छ साथै  समन्वय गर्न सक्ने कला समेत रहन्छ । यसकारण महिलाहरुको नेतृत्व सफल रहने तर्क उनको रहेको छ ।

शिक्षा क्षेत्रमा महिलाको आजको यस प्रकारको उपस्थितिले भोलिको नेपालमा शिक्षा क्षेत्रमा मात्र हैन समाजका हरेक अंगहरुमा समेत प्रभाव रहन सक्छ ।

प्रतिक्रिया दिनुहोस्