
२५ बैशाख २०७६, काठमाडौं
नेपाल आइडलको प्रथम संस्करणमा छैटौं भएका सुरज थापाले आफ्नो दोस्रो म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।
आफ्नै शब्द म्युजिक कम्पोजिसन रहेको ‘ सुटुक्कै सुटुक्कै’ बोलको गीतको म्यूजिक भिडियो समेत सुरज आफै्ले निमार्ण तथा निर्देशन गरेका हुन् । यो प्रेम गीतमा निराजन प्रधान, रमा अर्याल, चन्द्रबहादुर थापा लगायतको अभिनय छ ।
तारा थापा र विवेक थापाको स्वर रहेको गीत गोदावरी र कमलपोखरी सिटी सेन्टरमा छायांकन गरिएको हो । सुरजको यो दोस्रो निर्देशन हो ।
भिडियो हेनुहोस्





