
२५ बैशाख २०७६, काठमाडौं
विकासराज आचार्य निर्मित चलचित्र ‘नाइँ नभन्नु ल ४ ’ बाट सुखद डेब्यु गरेकी नायिका वर्षा राउत अहिले नेपाली फिल्मकी डिमान्डेड अभिनेत्री मध्येकी एक हुन् ।
सुपरहिट फिल्म ‘छक्का पञ्जा’ दुई को सिरिजमा महत्वपूर्ण भूमिका निभाएकी उनले निकै कम फिल्ममा सोलो नायिकाको रुपमा काम गरेकी छन् ।
उनी सोलो नायिकाका रुपमा रहेको चलचित्र ‘जात्रै जात्रा’ अगामी जेठ ३ बाट प्रर्दशनमा आँउदैछ । तीन हप्ता लामो हनिमून टुर छोट्याएर दुई हप्तामा नेपाल फर्केकी वर्षा हाल ‘जात्रै जात्रा’ चलचित्र प्रचारप्रसारको दौडघूपमा छीन् ।
सञ्चाकर्मीसँग कुराकानी गर्दै उनले अहिले आफ्नो लागि हनिमुनभन्दा ‘जात्रै जात्रा’ महत्वपूर्ण रहेको बताएकी छिन् । वर्षाले भनिन् सबैजना फिल्मको प्रमोसनमा हिँडिराख्दा आफूलाई रमाइलो गर्न मन लागेन ।
प्रमोसन कस्तो भइरहेको होला ? मेरो कुरा पो काटिरहेका छन् कि ? वा मलाई मिस गरिरहेका छन् कि ? भन्ने कौतुहता मनमा हुँदो रहेछ । त्यसैले म हनिमुन छोट्याएर फर्किएँ’ ।





