तिलक र प्रेम प्रकाशको रुकुमलाई चिनाउने झ्याउरे गीत सार्वजनिक (भिडियो)



२५ बैशाख २०७६, काठमाडौं

‘रुकुमैको सेरो र फेरो’ बोलको झ्याउरे गीतको भिडियो सार्वजनिक भएको छ ।  उक्त गीतको केही समयअगाडि नै अडियो बजारमा आइसकेको थियो ।

गीतमा रुकुम जिल्लाका पर्यटकीय र मनोरम ठाँउहरुलाई वर्णन गरिएको छ ।  आफ्नो जिल्लाको मौलिक संस्कृति जोगाउन र प्रचारप्रसार गर्न गीत तयार पारिएको गायक तिलक परियारले बताएका छन् ।

पवन खड्काको प्रस्तुति रहेको गीतमा शब्द लक्ष्मण ओली र लय याम बस्यालको रहेको छ ।  गीतमा लोकप्रिय गायक तिलक परियार र प्रेम प्रकाश परियारले स्वर दिएका छन् ।

भिडियो हेनुहोस्

प्रतिक्रिया दिनुहोस्